वि.सं. २०४२ मंसिर २३ गते नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा बुबा बलराम बहादुर शाह र आमा लक्ष्मी शाहीको पहिलो सन्तानका रूपमा जन्मिनुभएका मोहित शाहको परिवार तीन पुस्तादेखि नेपालगञ्ज वडा नं. ९ मा बस्दै आएको मध्यमवर्गीय परिवार हो।Mohit Shah was born on 8 December 1985 (2042 Mangsir 23 BS) at Bheri Zonal Hospital, Nepalgunj, the first child of his father Balaram Bahadur Shah and mother Laxmi Shahi. His middle-class family has lived in Nepalgunj Ward 9 for three generations.
प्रारम्भिक शिक्षा भारतमा पूरा गरेपछि उहाँले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभयो। अध्ययनसँगै काम पनि गर्नुपर्छ भन्ने सोचका साथ सानै उमेरदेखि नेपालगञ्ज भुजैगाउँको बेकरी उद्योगमा बजार व्यवस्थापक र होटल–रेस्टुरेन्टमा स्टोर किपर तथा व्यवस्थापकको काम गर्नुभयो। नेपाली सेनामा क्याडेट अधिकृत पदमा भर्नाका लागि पनि जानुभयो।After his early schooling in India, he completed his bachelor's degree at Mahendra Multiple Campus, Nepalgunj. Believing that study should go hand in hand with work, he worked from a young age as a market manager at a bakery in Bhujaigaun, Nepalgunj, and as a store keeper and manager in hotels and restaurants. He also applied for a cadet officer post in the Nepal Army.
पछि नेपालगञ्जमै आफ्नो व्यवसाय सुरु गरी लामो समयसम्म कम्प्युटर तालिम, साइबर क्याफे, कम्प्युटर तथा मोबाइलको बिक्री–वितरणको व्यापार गर्दै समाजसेवा र राजनीतिमा उत्तिकै सक्रिय रहनुभयो।He later started his own business in Nepalgunj, running computer training, a cyber café and computer and mobile sales for many years, while staying equally active in social work and politics.
२०६२/६३ को जनआन्दोलनमा विद्यार्थी आन्दोलनमा होमिनुभएका शाह नेपालगञ्जकै माटोमा विद्यार्थी, युवा, मजदुर आन्दोलन, खेलकुद तथा विभिन्न सामाजिक र रचनात्मक काममा सक्रिय हुँदै पार्टीको सदस्य, सचिव हुँदै हाल नगर अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। उहाँ राजनीति, समाजसेवा र व्यापार तीनै क्षेत्रमा सक्रिय हुनुहुन्छ।Shah joined the student movement during the 2006 People's Movement. Working in Nepalgunj in student, youth and labour movements, sports and many social and community efforts, he rose from party member to secretary and now serves as Chairman of CPN (UML) Nepalgunj. He remains active in politics, social service and business.